1. सुत्केरी भैसीलाई तीन हजार भत्ता प्रदान गर्ने व्यवस्था कहाँ गरिएको छ ? 

 ✔️ सल्यानको बागचौर नगरपालिका 

 

 

 

2. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भयो ? 

✔️  वि.सं. २०७५, पुस १६ र १७ गते 

 

 

 

3. सन् २०१८ मा वेस्ट इन्डिज (West Indies) मा सम्पन्न आईसीसि टी-ट्वान्टी (icc t20) महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो? 

✔️ अस्ट्रेलिया 

 

 

 

4.  प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ? 

✔️ धारा ३४ 

 

 

 

5. संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमअन्तर्गत एसिया-इन्भाइरोमेन्टल इन्फोर्समेन्ट (Asia Environmental Enforcement) अवार्ड २०१८ बाट पुरस्कृत नेपालको सरकारी निकाय कुन हो? 

✔️ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो 

 

 

 

6. युरोपेली संघ (ईयु) बाट बेलायतको बहिर्गमन सम्झौता कहिले अनुमोदन गरियो? 

✔️ सन् २०१८ नोभेम्बर २५ 

 

 

 

7. बीबीसी (BBC) द्वारा सन् २०१८ नोभेम्बरमा सार्वजनिक प्रतिवेदनअनुसार विश्वका प्रभावशाली महिलाको सूचीमा पर्न सफल नेपाली महिला को हुन्?

✔️  उमा वादी 

 

 

 

8.  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कहिलेदेखि कार्यभार समाल्नुभयो ?

✔️  वि.सं. २०७५, पुस १८ 

 

 

 

9. प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ को प्रमाणीकरण कहिले गर्नुभयो ? 

✔️  वि.सं. २०७५, पुस १५        

 

 

 

10. काठमाडौँको रत्नपार्कमा पन्ध्रौं काग सम्मेलन कहिले आयोजना गरियो ?

✔️  वि.सं. २०७५, कार्तिक १९ 

 

 

 

 

11. चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र कहिले घोषणा गरियो ?

✔️  वि.सं. २०७५, पुस १७   

 

 

 

12. सन् २०१८ को तथ्यांक अनुसार अदुवा उत्पादन गर्ने राष्ट्रमा नेपाल कति औ स्थानमा पर्दछ ?

✔️  तेश्रो  

 

 

 

13. हालको नया सर्वेक्षण अनुसार विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? 

✔️  टोकियो (तीन करोड ८३ लाख)  

 

 

 

14. विश्वमा पहिलोपल्ट हाइड्रोजन रेलको सुरुवात कहाँ गरियो ?

✔️  जर्मनी (सन् २०१८, सेप्टेम्बर १६)

 

  

 

15.  प्रतिनिधिसभाबाट कर्मचारी समायोजन अध्यादेश कहिले स्वीकृत भयो ? 

✔️  वि.सं. २०७५, पुस १७  

 

 

 

16. मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेका १० नया शहर कसको मातहतमा बनाइने भएको छ ? 

✔️ केन्द्रीय सरकार    

 

 

 

 

17. योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली मन्त्रिपरिषद् बाट कहिले पारित गरियो?

✔️  वि.सं. २०७५ कात्तिक २५ 

 

 

 

 

18. नेपालमै पहिलोपटक ह्याकरहरुको अन्तराष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो?

✔️  वि.सं. २०७५ मंसिर ६ र ७ 

 

 

 

19.  महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ कहाँ आयोजक गरियो?

✔️  नेपाल (सन् २०१९ मार्च ११-२१)

 

 

 

20. आईसीसी विश्व टी-२० छनौटमा पहिलोपटक सहभागी हुँदै नेपाल कतिऔं स्थानमा रहेको छ ?

✔️ १२ औं स्थानमा

 

 

 

21. अन्तर्राष्ट्रिय क्रिकेटमा २ पटक सतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी को हुन् ? - 

✔️ अनिल मण्डल 

 

 

 

22. संविधानको मस्यौदामाथि सर्वसाधरणबाट प्राप्त सुझावको सार सङ्ग्रहको प्रतिवेदन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानसभामा कहिले बुझायो ?

✔️ वि.सं. २०७१ साउन ११ गते

 

 

 

23. संयुक्त राष्ट्रसङ्घले नेपालका भूकम्प पीडितलाई मानवीय सहयोगका निम्ति नगद र जिन्सीसहित कति रकम उपलब्ध गरायो?

✔️ २२ अर्ब २० करोड रूपैयाँ

 

 

24.  श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडी मुलकका लागि फ्रि-भिसा टिकटको व्यवस्था गर्ने निर्णय कहिलेदेखि लागु गर्यो ? 

 ✔️ २०७२ असार २१ गतेदेखि

 

 

 

 

25.  सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखि विद्युतीय माध्यमबाट गर्न थालिएको हो ?

✔️  वि.सं. २०७२ साउन १ गतेदेखि

 

 

 

26. नेपालमा हालसम्म पुष्टि भएको पहिलो भूकम्प कुनलाई मानिन्छ ?

✔️ वि.सं. १२८० (पौषशुक्ल प्रतिपदाका दिन गएको भूकम्प)

 

 

 

27. वि.सं. २०७२ वैशाख १२ गते भूकम्प जानुअघि नेपालको जीडिपी ४.५८ प्रतिशत थियो भने भूकम्पपछि नेपालको जीडिपी कति रहेको छ ?

✔️  ३.०४ प्रतिशत

 

 

 

28.  गौतम वुद्वको जन्मस्थल लुम्विनीलाई पञ्चशिल क्षेत्र कहिले घोषणा गरियो? 

✔️ वि.सं. २०७५ मंसिर ५

 

 

 

29. विश्व चर्पी दिवस (World Toilet Day) कहिले मनाईन्छ? 

✔️  नोभेम्बर १९ 

 

 

 

30. जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्र कहिलेदेखि वितरण गर्न थालिएको हो? 

✔️  वि.सं. २०७५ मंसिर ३ 

 

 

 

 

 

31. नेपालमा पहिलोपटक बुद्धको जन्मभूमि लुम्बिनीमा अन्तराष्ट्रिय त्रिपिटक वाचक कार्यक्रम कहिले सम्पन्न भयो?

✔️  वि.सं. २०७५ कार्तिक २८ - ३० 

 

 

 

32.  गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध कहिले कायम भएको हो?

✔️   वि.सं. २०७५ कार्तिक ३०

 

 

 

33. नेपाल भौगर्भिक समाजद्वारा राजधानीमा आयोजित अन्तराष्ट्रिय भूवैज्ञानिकको सम्मेलन कहिले सम्पन्न भयो? 

✔️ वि.सं. २०७५ मंसिर ३ - ५ 

 

 

 

34. वि.सं. २०७५ मंसिर १ मा मनाईएको सातौ राष्ट्रिय कर दिवसको नारा के हो? 

✔️  कर- समृद्द नेपाल, सुखी नेपालीको भर 

 

 

 

35. नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बन्ने भएको छ? 

✔️  कास्कीको लेखनाथ नगरपालिकाको पचभैया जङ्गलमा (करिब १ सय ३४ हेक्टर क्षेत्रफलमा)

 

 

 

36. आ. व. २०७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता (व्यक्तिगत तर्फ) को हुन्?

✔️  सिद्धार्थशमसेर राणा 

 

 

 

37. हाल नेपालमा नगरपालिकाको संख्या कति रहेको छ ?

✔️  २४६ वटा

 

 

 

38 . हाल नेपालमा कति वटा गाऊँपालिकाहरु रहेका छन् ?

✔️ ४८१ वटा

 

 

 

39. सबैभन्दा ठूलो गाऊँपालिका कुन हो ?

✔️ नाम्खा गाऊँपालिका, हुम्ला (२४१९.६४ व.कि.मि)

 

 

 

40. सबैभन्दा ठूलो नगरपालिका कुन हो ?

✔️ शितगंगा नगरपालीका, अर्घाखाँची

 

 

 

41. सबैभन्दा ठूलो महानगरपालिका कुन हो ?

✔️ पोखरा लेखनाथ महानगरपालिका (४६४.२४ व.कि.मि.)

 

 

 

42. सबैभन्दा सानो उप महानगरपालिका कुन हो ?

✔️ विरगञ्ज उप महानगरपालिका, पर्सा (७५.२४ व.कि.मि.)

 

 

 

43.  सबैभन्दा सानो महानगरपालिका कुन हो ?

✔️ ललितपुर महानगरपालिका (३६.१२ व.कि.मि.)

 

 

 

44. सबैभन्दा सानो नगरपालिका कुन हो ?

✔️  भक्तपुर नगरपालिका (६.८९ व.कि.मि.) दोश्रो मध्यपुर ठिमि

 

 

 

 

45. पोखरा लेखनाथ महानगरपालिकाको जनसंख्या कति रहेको छ ?

✔️ ४,१४,१४१ जना

 

 

 

46.  गाऊँपालिका नभएको जिल्लाहरु कति ओटा छन् ?

✔️  २ वटा (काठमाण्डौ र भक्तपुर )

 

 

 

47. नेपाल भ्रमण वर्ष २०२० को सफ्ट लन्चिङ कहिले गरियो ?

✔️  वि.स. २0७५चैत्र ३०, पर्यटकीय नगरी पोखरा

 

 

 

48. राष्ट्रिय खेलकुद प्रतियोगिताकोे इतिहासमा पहिलो पल्ट प्याराग्लाइडिङ खेल कहिले समावशे गरिएको हो ?

✔️ आठौं राष्ट्रिय खेलकुद

 

 

 

49.  प्राचिन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलेको सुरुवात कहाँबाट भएको हो ?

✔️  एथेन्स (ग्रिस)

 

 

 

50.  इतिहासमै पहिलोपटक ब्ल्याकहोलको तस्विर कहिले सार्वजनिक गरिएको हो ?

✔️ सन् २०१९ अप्रिल १०

 

 

 

51 . प्रथम विश्व मानवीय शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

✔️ सन् २०१६ मे, टर्कीको इस्तानबुल

 

 

 

52. . संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ) द्वारा हालै प्रकाशित एक प्रतिेदन अनुसार नेपालको पूर्व प्राथमिक शिक्षामा भर्नादर कति रहेको छ ?

✔️  ८६ प्रतिशत

 

 

 

53. नेपालको सबैभन्दा उच्च मानपदवी ‘नेपाल रत्न’ २०७५ कसलाई प्रदान गरियो ?

✔️ पुष्पलाल श्रेष्ठ (मरणोप्रान्त)

 

 

 

 

54. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षबद्र्धन थिए भने तिब्बतका शासक को थिए ?

✔️ स्रङचङ गम्पो

 

 

 

55. राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रुपमा गरेको एक अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ ?

✔️  ६२.६८ प्रतिशत

 

 

 

56. नेपाल सरकारद्वारा पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले भएको हो ?

✔️ वि.सं २०७५ चैत्र २८

 

 

 

57. राष्ट्रिय कलाश्री सम्मान २०७५ बाट सम्मानित हुने स्रष्ष्टा को हुन् ?

✔️ वैरागी काइला

 

 

 

58. विश्व होमियोपेथिक दिवस कहिले मनाइन्छ ?

✔️ अप्रिल १०

 

 

 

59. वाणिज्यको खैरो कागज भनेर कुन नगदे बालीलाई चिनिन्छ ?

✔️ सनपाट

 

 

 

60. नेपालमा चिनियाँ नागरिकलाई फ्री भिसा दिने निर्णय कहिले गरियो ?

✔️ वि.सं २०७२ पुष १०

 

 

 

61. नाइजेरियामा क्रियाशील विद्रोही समूह बोकोहराम हो भने प्यालेस्टाइनमा क्रियाील विद्रोही समूह कुन हो ?

✔️ हमास

 

 

 

62. जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?

✔️  रोचक घिमिरे

 

 

 

63. राष्ट्रिय मानव अधिकार आयोगको पहिलो अध्यक्ष को हुन् ?

✔️ नयन बहादुर खत्री 

 

 

 

64. एनपीस अवार्ड २०१९ कसलाई प्रदान गरियो ?

✔️ पत्रकार लोग्शरी कुवँर

 

 

 

65. प्रधानसेनापति चौथौं खुला म्याराथुन २०७५ को उपाधि कसले जित्यो ?

✔️ कृष्ण बस्नेत नेपाल आर्मी

 

 

 

अन्य प्रश्न उत्तरहरु थप हुदै जाने छन्...